एक क्विण्टल सुन प्रकरणले पनि एमाले नै उदाङ्गियो


हङकङको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आई, त्यहाँबाट भन्सारमा आई भन्सारबाट पनि पास भएर निस्किसकेको एक क्विन्टल सुन भन्सार गोदाम परिसरबाटै राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेपछि देशमा तस्करीको जालो कति मजबुत रहेछ भन्ने कुराको खुलासा भएको छ ।

त्रिभुवन विमानस्थलको व्यवस्थापन र सुरक्षा घेरालाई क्रस गरेर र भन्सार चेकजाँच प्रक्रियाबाट समेत उम्किएर त्यत्रो परिमाणको सुन कसरी बाहिर निस्किन सक्यो ? नवगठित छानबिन समितिले यसैको जरो पत्ता लगाउन सक्यो भनेमात्रै हालसम्मका तस्करी संयन्त्र र व्यक्तिहरूको पर्दाफास हुनेछ ।

सरकारले छानबिन समितिलाई अनुसन्धानको सम्पूर्ण अधिकार दिएको छ र यससँग सम्बन्धित आशंकामा १९ जना व्यक्तिहरू गिरफ्तार भइसकेका छन् । एक साधारण किशोर मजदुरको नयाँ दर्ता भएको कम्पनीको नामबाट स्कुटरको पार्टपुर्जा भनेर भित्र्याइएको सुनका साहु र बिचौलियाहरू कुन तहसम्मका छन्, त्यो त छानबिन समितिले नै पत्ता लगाउने छ । तर, ‘सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता’ किट्दै उनको राजीनामाका लागि एमालेले आफ्ना युवालाई मशाल दिएर दिउँसै सडकमा उतारेको छ भने प्रचार संयन्त्रहरूलाई सरकारकाविरुद्ध गोयवल्स शैलीले प्रस्तुत गरेको छ । सरकारले ठूलठूला भ्रष्टाचार फाइल खोल्दा प्रायः आफ्नै र आफू निकटकाहरूको गर्धन सेकिएपछि केही दिन अघि महेन्द्रपथीय राष्ट्रवाद भजाएर प्रधानमन्त्रीको राजीनामा माग्ने एमाले अहिले सुन प्रकरण देखाएर गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।

विमानस्थल सुरक्षा, व्यवस्थापन र भन्सार जस्ता सरकारका निकायहरूको आँखा छलेर वा सेटिङमा पारेर अनवरत हुँदै आएको यस्तो तस्करी, अहिले राजस्व अनुसन्धान विभाग जस्तो प्रधानमन्त्री अन्तर्गतको निकायले बरामद गर्न सकेको हो । यसमा सरकारलाई धन्यवाद दिनुको साटो उल्टै राजीनामा माग्ने कुराले राजीनामा माग्नेहरू सुन बरामदबाट कति छट्पटीमा परेका रहेछन् भन्ने जनाउँदछ । सबैले उडाउने तहको र सूर्य थापा वा महेश बस्नेत जस्ताको उल्टो बुद्धिले निर्माण भएको एमाले, युवा संघको मशाल जुलुस अन्ततः एमाले निकट पत्रकार संगठनका अध्यक्ष गणेश बस्नेतले जस्तै दुःखयाचना गर्ने तहमा पुग्ने निश्चित छ ।

कयौंले गृहमन्त्रीसँगै अर्थमन्त्रीलाई समेत यस प्रकरणमा जोडेका छन् । सरकारसँग स्वार्थ नमिल्ने एकथरि काँग्रेस नेताहरूले समेत होमा हो मिलाएका छन् । तर, सुन तस्करीको जालो यति मजबुत हुनु हिजो एमाले, काँग्रेसले नै यसलाई संस्थागत गर्नुका कारणले हो ।

त्यसैले गृहमन्त्रीमाथिको एमालेको संस्थागत लाञ्छना र माफिया पृष्ठभूमिका केही कांग्रेसको लाञ्छनालाई आम तहबाट खिसिठट्टाका रुपमा उडाइएको छ र तस्करीको जराजरामा पुगिछाड्ने गृहमन्त्रीको प्रतिबद्धताको हार्दिक स्वागत भएको छ ।

घटनाक्रमले एमालेसँग संस्थागत जोडिएका र मूल नेतृत्वका प्रिय व्यक्तिहरूनै यस प्रकरणमा जोडिएको संकेत गरेका छन् । गृहमन्त्रीले यसलाई जरैसम्म पुगेर उजिल्याउने प्रतिबद्धता व्यक्त गर्दागर्दै र छानबिन समितिले काम गर्दागर्दै सडकमा आउने र गोयवल्स प्रचार गर्ने एमाले हतारोले पनि यही सिद्ध गर्दछ ।

विमानस्थल सुरक्षा, व्यवस्थापन र भन्सार जस्ता सरकारका निकायहरूको आँखा छलेर वा सेटिङमा पारेर अनवरत हुँदै आएको यस्तो तस्करी, अहिले राजस्व अनुसन्धान विभाग जस्तो प्रधानमन्त्री अन्तर्गतको निकायले बरामद गर्न सकेको हो । यसमा सरकारलाई धन्यवाद दिनुको साटो उल्टै राजीनामा माग्ने कुराले राजीनामा माग्नेहरू सुन बरामदबाट कति छट्पटीमा परेका रहेछन् भन्ने जनाउँदछ । सबैले उडाउने तहको र सूर्य थापा वा महेश बस्नेत जस्ताको उल्टो बुद्धिले निर्माण भएको एमाले, युवा संघको मशाल जुलुस अन्ततः एमाले निकट पत्रकार संगठनका अध्यक्ष गणेश बस्नेतले जस्तै दुःखयाचना गर्ने तहमा पुग्ने निश्चित छ ।

बस्नेतले गृहमन्त्रीले ‘सुन पास गराएको’ ठोकुवा गरेर फेसबुक स्टाटस लेखेपछि र त्यसले गृहमन्त्रीको व्यक्तिगत, सामाजिक र राजनीतिक प्रतिष्ठामा आघात परेपछि प्रेस सल्लाहकार कमल गिरीले प्रहरीको साइबर ब्युरोमा उजुरी दिए । समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्ने, सामाजिक संजालमा आएका कुरा चित्त नबुझे प्रहरीको निकायमा वा अदालतमा उजुरी गर्ने कुरा स्वाभाविक हो । यसले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार भयो भनेर प्रेस चौतारीका निकायहरू र अन्य केही पत्रकारले आपत्ति जनाउँदै गर्दा बस्नेतले भने गृहमन्त्रीलाई भेटेरै ‘आफ्नो गलत समाचार स्रोतका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा’ दुःखयाचना गरे । साथै भ्रष्टाचारविरुद्ध सम्झौता नगर्ने गृहमन्त्रीको अडानमा समर्थन जनाए ।

सरकारको भ्रष्टाचारविरोधी अभियानमा ऐक्यबद्धता समेत जनाए । सडकका उफ्रिने अरु एमालेजनले पनि भोलि महसुस गर्ने यही हो ।

सुन प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटि उजागर गर्दैगर्दा र छानबिन समितिले त्यसमा काम गर्दैगर्दा सरकारले भने विमानस्थलको चुस्त जाँच, सुरक्षा एवम् व्यवस्थापनको प्रयास थालेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे अनुगमन गरेका छन् । उनले विमान अवतरणदेखि यात्रु–कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको मिहिन अनुगमन गरेका हुन् ।

अनुगमनपछिको संक्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताए । ‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो ।’ उनले भने– ‘यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ । तर, यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।’ वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने, प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिनुभएको र सुन तस्करीबारेको छानबिन समितिले यसको जराजरामा पुगेर कार्वाही र समाधान सुझाउने तथा कसैबाट प्रभावित नहुने उनले बताए ।

राईदेखि अडुकियासम्म !

स्रोतका अनुसार– सुन जिम्मा लिने न्युरोडको दया व्यापारी भएको गुप्तचरको रिपोर्टमा छ तर दया को हुन् प्रष्ट छैन । एक क्विण्टलभन्दा बरामद भएको सुन छुटाउने बिचौलिया चाहिँ राजेन्द्र राई हुन् । उनलाई सम्पूर्ण सहयोग–समन्वय गर्ने परिवर्तन राई हुन् ।

परिवर्तन राईको सहयोगी सुमन निरौला, कमल ढकाल, पशुपति गुरुङ आदि हुन् । चिनियाँ व्यापारीले स्कुटरको पुर्जा भन्दै ल्याएको सुन २१ वर्षीय  दिलिप भुजेलको कम्पनीको नाममा छ, दिलिपको मामा रामकुमार भुजेल माडवारी व्यापारीका ड्राइभर हुन् ।

हङकङबाट आएको सुनमा लगानी गर्ने भने भारतीय नागरिक छुप्तेन छिरिङ र चिनियाँ नागरिक जे क्यु याई लिन हुन् । यी दुबै बिहीवार पक्राउ परे । परिवर्तन राई एमालेका युवा नेता हुन् । राईले सात वर्षअघि सिंगापुरको एक कम्पनीका नाममा त्रिभुवन विमानस्थलको गोदाम लिजमा लिन टेण्डर हालेका थिए तर कम्पनी नक्कली भएकाले पाएनन् । राईको व्यापारी दीपक मलहोत्रासँग पनि गहिरो उठबस छ, जो सुन तस्करीको झमेलामा बारम्बार पर्ने गर्दछन् । उनीहरूको सम्बन्ध यति समूहका प्रमुख आङछिरिङ शेर्पाले जोडिदिएका हुन्, जो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री तथा एमाले नेता रवीन्द्र अधिकारीसँगै दिवंगत भए ।

राईको भन्सार गोदामसम्म निकै राम्रो पहुँच छ । सुनलाई भारत पठाउने बिचौलिया कुख्यात भारतीय व्यापारी राकेश अडुकिया रहेको प्रारम्भिक अनुमान छ । अडुकिया सन् २०१० देखि नै हङकङबाट चाँदी र चाँदीसँगै सुन आयात गर्ने व्यक्ति  हुन् । ब्ल्याकमा चाँदी र सुन बेचेर कुस्त कमाएका छन् । पूर्व गभर्नर युवराज खतिवडादेखि वर्तमान गभर्नर मायाप्रसाद अधिकारीसम्म उनको सुमधुर सम्बन्ध छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग विशेष सम्बन्ध छ । राकेशको २१ वर्षीय छोरा टेस्ला गाडीका नेपालका एजेण्ट हुन । राकेशको सम्पर्क अफिस भने वरिष्ठ अधिवक्ता सुशील पन्तको घरमा छ । पन्तकी छोरीसँग उनको राकेशको छोराको रेमिटेन्स कम्पनीमा साझेदारी रहेको समाचार स्रोत बताउँछ । समयबद्ध साप्ताहिकबाट

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ