लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान !


दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् ।

हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । जसका कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्‍यो । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन ।

नाइजेरियाली युवक टेम्बू एबेरेले सबैभन्दा लामो समयसमम आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए । यसका लागि उनले पूरै एक हप्तासम्म रुनै कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे । तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए ।

स्थानीय मिडियासँगको कुराकानीमा उनले भनेका छन् – मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्‍यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें । सुन्निएको आँखाको भाग अहिलेसम्म ओर्लिएको छैन ।

तर उनको नाम गिनिज वर्ल्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ ।

रेकर्ड कायम गर्नका लागि टेम्बु टाइमर लगााएर कुर्सीमा बसेका थिए । त्यसक्रममा उनले टिकटकमा लाइभ गरेका थिए । उनको त्यो भिडियोमा ५० लाखभन्दा धेरै भ्यूज प्राप्त भएका छन् र उनका हजारौं नयाँ फलोअर्स जोडिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ