५० लाखले बढ्यो आवासीय घर कर्जाको सीमा


काठमाडौँ– नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा बढाएको छ।

आइतबार चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमा ५० लाखले वृद्धि गरेको हो।

यसअघि आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाइन्थ्यो। अब २ करोड रुपैयाँसम्म पाइने भएको छ।

राष्ट्र बैंकले नीतिगत दरहरू पनि घटाएको छ। यसले ब्याजदर घट्न थप मद्दत गर्नेछ।

यसका साथै सेयर धितो कर्जा, रियलस्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारितसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ