कुशल भुर्तेलले ६ विकेट लिएपछि युएई ए १५७ रनमा अल आउट


काठमाडौँ । नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको युएई ए ले ४४ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको हो ।

युएई ए का लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए भने इथान डिसुजाले १८, अस्वन्थ बहालथापाले १६ रन्को योगदान गरेका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ६ विकेट लिएका थिए । भुर्तेलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै मौसम ढकालले २ विकेट लिए भने पवन सराफ र कुशल मल्लले एक एक विकेट लिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ