विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम, कृषिमा आधारित प्रयोगात्मक शिक्षा


अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन्। प्रारम्भिक बालविकास केन्द्रको नक्सांकन गरी पुनः वितरण गरिने उनले घोषणा गरेका छन्।

बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ। बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन्।

हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ