सुदूरपश्चिम सरकारद्वारा आगामी बजेटका लागि सुझाव माग


कैलाली : सुदूरपश्चिम सरकारले आगामी बजेटका लागि सार्वजनिक सुझाव आह्वान गरेको छ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयले सूचना जारी गर्दै आर्थिक बर्ष २०८०/०८१ को बजेटका लागि सुझाव आह्वान गरेको हो ।

संघीय संरचनामा बीचको भूमिकामा रहेको प्रदेश सरकारका बजेट जनतासँग प्रत्यक्ष नजोडिएको गुनासो आइरहेका बेला आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले उक्त पहल गरेका हुन् ।

यसअघि उनले स्थानीय सरकारका आवश्यकतामा प्रदेश सरकारले बल पु-याउने गरी बजेट निर्माण गर्नेगरी समन्वय गरेका छन् । स्थानीय सरकारबाट बजेटका लागि आयोजना सिफारिस गराइएको छ ।

त्यसपछि सार्वजनिक रुपमा सुझाव मागिएको हो । ‘बजेटलाई आमजनको आवश्यकता र चाहनासँग जोड्नका लागि हामीले सूचना प्रकाशित गरेका छौं । ती सुझावलाई मनन गरेर बजेट बनाउनेछौं,’ मन्त्री शाहीले भने ।

सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र मन्त्रालयमा वा अनलाइनमार्फत् उपलब्ध गराउने सकिने बताइएको छ । अनलाइनमा सुझावहरू पठाउन मन्त्रालयको वेवसाइट www.moeap.sudurpashchim.gov.np को ‘बजेट सुझाव’ मेनुमार्फत् वा मन्त्रालयको इमेल moea@sudurpashchim.gov.np मा समेत पठाउन सकिने बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ