प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार पार्टी पदाधिकारी बैठकअघि सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।  भुटानी शरणार्थी ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।पदाधिकारी बैठक केहीबेरमा बस्दैछ।

यसअघि बुधबार पनि पदाधिकारी बैठक बसेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ