समाजवादी मोर्चा बनाउन छलफल भइरहेको छ : माधव नेपाल


कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादमा प्रतिबद्ध पार्टीहरूका बीचमा मोर्चा बनाउने तयारी भइरहेको बताएका छन्।

शुक्रबार समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताएका हुन्। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको नेपालले दाेहोर्‍याए।

एकीकृत समाजवादी समानताको सिद्धान्त र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्न तयार रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले एमाले वा अन्य कुनै पार्टीहरूमा विलय भने नहुने स्पष्ट पारे।

‘समाजवादबाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन। समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो। त्यसमा प्रतिबद्ध भएको पार्टीहरूबीच हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ