बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, के भयो छलफल ?


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, देउवा र माधव नेपालीबीच भेटवार्ता भएको हो । उनीहरुबीच सरकार विस्तार, देशको पछिल्लो आर्थिक अवस्था र उपचुनावबारे छलफल भएको जनाइएको छ ।

वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। ती क्षेत्रमा गठबन्धनबाट चितवनमा कांग्रेसका जितनारायण श्रेष्ठ, तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा छन् । आफ्ना उम्मेद्वारको पक्षमा जित निकाल्न र चुनावका दिन शान्ति सुरक्षाको विषयमा भेटमा छलफल भएको बताइएको छ।

यता सरकारले अझै पूर्णता पाउन सकेको छैन। नेपाली कांग्रेसले आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्ने टुंगो नलगाउँदा मन्त्रिपरिषद्ले अझै पूर्णता नपाएको हो। साथै आज बालुवाटारमा प्रचण्ड, देउवा र माधवबीच सरकारलाई पुर्णता दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ