जर्सीलाई हराउँदै अमेरिका विश्वकपको छनोटमा


काठमाडौं : अमेरिकाले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ ।

मंगलबार भएको विश्वकप छनोटको प्लेअफमा २५ रनले जर्सीलाई हराउँदै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको हो ।

जितसँगै अमेरिकाले पाँच खेलबाट आठ अंक जोड्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छ्नोटमा स्थान बनाएको हो ।

अमेरिकाले प्लेअफका पाँच खेलमध्ये चार जित र एक हारको नतिजा निकालेको छ ।

आगामी जुनदेखि जुलाईसम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटमा लिग-२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्ले अफका शीर्ष दुई गरी कूल १० टोली हुने छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ