सांसद पक्राउको नागरिक उन्मुक्तिद्धारा विरोध, २४ घण्टाभित्र रिहा नगरे आन्दोलनको तयारी


काठमाण्डु-  नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न आग्रह गरेको छ । जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उन्मुक्ति पार्टी २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

उन्मुक्तिले आन्दोलनका लागि तयार रहन समेत पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिइसकेको छ ।

उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहिवार वक्तव्य जारी गर्दै यस घटनाले पहिचानवादीहरुमा ठुलो आघात परेको महसुस भएको जनाएका छन् । विज्ञप्तिमा चौधरी अहिलेसम्म ४ पटक निर्वाचनमा उम्मेदवार भएको भन्दै अहिले आएर पक्राउ गर्नुको पछाडी राजनीतिक पूर्वाग्रह भएको दावि गरिएको छ ।

प्रतिक्रिया दिनु


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ