राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कोसिस गर्छाैँ : प्रधानमन्त्री 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएका छन्।

बिहीबार सभामुख चुनावपछि संसद्बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने बताएका हुन्।

उनले सत्तासाझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए। उनले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्तागठबन्धन अगाडि बढ्ने बताए।

उनले भने, ‘राष्ट्रपतिको कुरा बाँकी छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौँ।’

सत्तासाझेदार दलहरू सबै एक ठाउँमा उभिएको बताए। उनले सत्तासाझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ