माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित


धनगढी: माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।

सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ । आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ