सत्तारुढ दलको बैठक : कस्को भागमा कुन मन्त्रालय ? (सूचिसहित)


काठमाण्डु- सत्तारुढ दलहरुले मन्त्रालयको भागबण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।

सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री र जसपाले २ वटा मन्त्रालय पाउने सहमति भएको छ । तर, जसपाले अहिले नै सरकारमा सहभागि नहुने जनाएको छ ।

सत्तारुढ दलको बैठकमा राष्ट्रपति र सभामुख दुवै एमालेले लिने सहमति भएको छ भने उपसभामुख र उपराष्ट्रपति टुंगो भने मंगलवार लगाउने सहमति भएको स्रोतले बतायो ।

यस्तो छ मन्त्रालयको भागवण्डा
एमाले : अर्थ,कानुन,रक्षा,परराष्ट्र,भुमिसुधार,कृषि,महिला बालबालिका,उद्योग,स्वास्थ्य
माओवादी : भौतिक, पर्यटन,संचार,संघिय मामिला
रास्वपा : गृह,शिक्षा र श्रम
राप्रपा : उर्जा,खेलकुद र शहरी
जसपा : वन (प्रस्तावित)



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ