गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त


काठमाण्डु- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन छ । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ