काठकाठमाण्डु पुगेपछि राजदूत सोङ्ग भन्छन्: चीन-नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय थप्ने प्रयास गर्नेछु


काठमाण्डु – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाण्डु आएका छन् । सोङ आइतबार काठमाण्डु आइपुगेका हुन् ।अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गरे ।

यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो । काठमाण्डु पुगेपछि सोङले नेपालमा चीनको रणनीति साझेदारको नयाँ अध्याय थप्न आफूले भूमिका खेल्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले विकास तथा समृद्धिका लागि चीरस्थायी मित्रताको सहकार्यका लागि चीन नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय थप्न भूमिका खेल्छु आफूले भुमिका खेल्ने बताएका हुन् । नयाँ युगको साझा भविष्यका लागि नेपाल-चीनबीच निकट सम्बन्ध विकासका लागि चीन नेपालसँग काम गर्न इच्छुक रहेको उनको भनाइ छ ।

‘नेपालमा सबै पक्षसँग नजिकको सम्बन्ध बनाउँदै काम गर्न तत्पर छु । ज्ञान तथा शक्तिलाई साथमा लिएर दुवै देशका जनताको लाभका लागि काम गर्नेछु । विकास तथा समृद्धिका लागि चीरस्थायी मित्रताको सहकार्यका लागि चीन-नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय संयुक्त रुपमा लेख्नेछौं।’, उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ