पैसाको अत्यन्तै खाँचो परेर १० लाखमै जग्गा बेच्न खोज्दा पनि किन्ने भेटिदै’नन्


अनुसा थापा- सर्व’साधारणको जहिलेपनि भीड हुने मालपोत का’र्यालय पछिल्लो समय किन चनमन्न बन्यो त ? एक वर्षअघि घर’जग्गा नाम’सारी गर्नेहरुले माल’पोत भरिएको हुन्थ्यो । तर, अहिले यो कामका लागि माल’पोत पुग्ने शुन्यझैं बनेको छ । अहिले माल’पोतमा घरजग्गा बेच्नेहरु यत्तिकै भेटिन्छन् तर किनिदिने कोही छैनन् ।

आकलभुक्कुल एकदुई वटा घरजग्गा नामसारी’चाहि भइ’रहेको छ । गत वर्षसम्म आनाकै ४० लाखमा बिक्री हुने जग्गाको मूल्य पनि स्वाटै घटेको छ । पैसाको अत्यन्तै खाँचो परेर आनाको १० लाखमा बेच्न खोज्दा पनि किन्ने भेटिदैनन् । घ’रजग्गाको मूल्य एकैचोटि ओरालो लाग्नुको मुख्य कारण बैंकफाइनेन्सले कर्जा ठप्प पारिदिनु हो ।

बैंकमा कर्जा लगानी गर्ने पैसा छैन् । एकातिर जनताको डिपोजिट फिर्ता दिन सकेको छैन् भने कर्जा कहाँबाट ल्याएर दिइओस् । बैंक आफैं त पल्टेको छ । सरकारी रेट आनाको एक लाख रुपैंया तोकिएको जग्गामा बैंकको ३० लाखसम्म कर्जा लगानी छ । सोही जग्गा धितो राखेर बैंकले छिटो नाफा कमाउने उदेश्यले धमाधम कर्जा दियो ।

बैंकले ३० लगानी गर्यो, दलालीले ४० मा बेच्यो । दलाली र बैंकको मिलोमतोमा यस्तो काम भयो । जग्गाको मूल्य बढाउनुमा सरकारको हात छैन् । रातारात जग्गाको मूल्य आकाशिनुमा बैंक र दलालीको ठूलो हात छ । मनलाग्दी मूल्यमा जग्गा बेच्ने काम भयो तर सरकारले त सरकारी रेटअनुसार नै राजस्व पाएको छ ।

आँखा चिम्लिएर बैंक’फाइनेन्सले घरजग्गा, गाडी र सेयरमा लगानी गर्यो । तर, ती तीनै क्षेत्रको मूल्य निरन्तर ओरालो लागिरहेको छ । एक कित्ताको तीन हजारमा किनेको सेयर अहिले एक सय रुपैंयामा बिक्री हुन मुश्किल छ । सेयरमा बैंकको अर्बौ रुपैंया लगानी छ । बैंक डुब्ने बाटोमा हिडँ्दा पैसा निकाल्नेको भीड लागेको छ । आफ्नोबचत रकम निकाल्न बैंकफाइनेन्स र सहकारीमा चर्को चाप छ ।

हालै मात्र एक समारोहमा अर्थ’मन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र विस्ता’रै सुधिदैं गएको दाबी गरे । तर, सोही समारोहमा उपस्थित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उनको भाष’णको खण्डन गरिहाले । गर्भनर महा’प्रसाद अधिकारी अर्थतन्त्र अझैपनि ट्रयाकमा आइनसकेको बताए ।

उनले अझैपनि अर्थतन्त्र जो’खिममा रहेको र आयातमा प्रतिबन्ध लगाएको वस्तु’हरु खोल्नुले थप चाप पर्न सक्ने सुनाए । अर्थमन्त्री शर्माले आफ्नो राजनीतिक भाषा बोलेपनि गर्भनर अधिकारीले भने मुलुकमा देखिइ’रहेको अवस्था’बारे सत्य’तथ्य बिफ्रिङ गरे । अर्थतन्त्रको विषयमा अर्थमन्त्रीलाई भन्दा पनि गर्भनरलाई बढी ज्ञान छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ