जाडोमा बालबालिकाको स्याहार कसरी गर्ने ?


हामी जाडो मौसमको मध्यमा भागमा छाैं। यस समयमा बालबालिका र बुढाबुढीहरुलाई स्वास्थ्यमा केहि समस्या देखिन्छ । जाडोमा मौसममा बालबालिकाको स्याहार गर्न लागि आवश्यक केही टिप्सहरु निम्नानुसार छन् ।

–साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

–बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।

–घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।

–मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।

–रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।

–जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ