मेयर शाहीले आफ्नो घर बनाउँन नगरपालिकाको गाडी प्रयोग भएको स्वीकारिन्


धनगढी : लम्की चुहा नगरपालिकाकी नगर प्रमुख शुशिला शाहीले आफ्नो निर्माणाधिन घर बनाउँने क्रममा नगरपालिकाको सवारीसाधन र औजार प्रयोग भएको स्वीकारेकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै उनले ठेकदारले आफूलाई जानकारी नगराइ एकदुई पटक घर निर्माणमा नगरपालिकाको सवारीसाधन  औजार प्रयोग भएकोमा आफूले गल्ती महसुस गरेको उल्लेख गरेकी छिन् ।

सोही विषयमा प्रतिक्रिया लिन पुगेका न्यूज २४ टेलिभिजनका पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाइ फुटेज डिलिट गर्न नलगाएको उनले विज्ञप्तिमार्फत जनाएकी छिन् ।

पत्रकारलाई बन्धक बनाई फुटेज डिलिट गराएको आरोप लागेकी शाहीले प्रेस विज्ञप्ती जारी गर्दै बैयक्तिक गोपनियता सम्बन्धि ऐन, २०७५ को दफा ३ को उपदफा ४ विपरित काम गरेका कारण ढुङ्गानाले खिचेको भिडियो आफैले मेटाएको बताएकी हुन ।

मेयर शाहीले भिडियो डिलेटपश्चात पत्रकार ढुङ्गानाले बार्गेनिङ गरेको आरोप लगाएकी छिन् ।

विज्ञप्तीमा भनिएको छ –‘भिडियो डिलिटको केही समयपश्चात मेरो घरमा आएर मेरो मिडियासमेत नगरपालिकामा सुचिकृत छ । मलाई पनि काम दिनुपर्यो भनेर निस्केको तर, के कति कारणले कपोकल्पित समाचार विभिन्न सञ्चारमाध्यममा सम्प्रेषण भए ।’ उनले तथ्यहिन समाचारका पछि नलाग्न आग्रह गरेकी छिन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ