बाजुराका विद्यार्थी नेता ऐडीको हत्या आरोपमा थप २ जना पक्राउ


बाजुरा : बाजुराका विद्यार्थी नेता चेतनदीप ऐडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्।

जिल्लाकाे त्रिवेणी नगरपालिका- ७ मालाकोटका ३२ वर्षीय चेतनदीप ऐडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको छ । उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन। अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ। मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन्।

मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ