रौतहटबाट चुनाव नलडेको भए पराजित हुने रहेछु: माधव नेपाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहटबाट चुनाव नलडेका भए पराजित भइने बताएका छन् ।

रौतहटबाट चुनाव जितेर काठमाण्डु फर्किएपछि सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बधाइ कार्यक्रममा नेपालले रौतहटबाट चुनाव नलडेको भए आफु चुनावमा पराजित हुने बताएका हुन् ।

रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए ।

नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरेका छन् । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन् । प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’, उनले भने ।

२०७४ मा काठमाण्डु–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ