बाजुरा घटनाको अनुसन्धान गर्न मानव अधिकार आयोगले पठायो टोली


बाजुरा। बाजुरा घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले टोली पठाएर अनुसन्धान सुरू गरेको छ। बाजुरा घटनाको सम्बन्धमा आयोगले अनुसन्धान सुरू गरेको हो।

शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्‍यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ। उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ