२८ हजार भन्दा बढी मतान्तरले केपी ओली निर्वाचित
![](https://www.janaabhiyan.com/wp-content/uploads/2022/09/kp-sharma-oli.jpg)
काठमाण्डु – झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
ओलीले ५१ हजार ६१९ मत पाएका छन् । कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस