काठमाडौं-२ र काठमाण्डौं-८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी


काठमाडौँ  – काठमाडौं २ र काठमाण्डौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । काठमाण्डौं २ बाट सोविता गौतम विजयी भएकी छिन् भने ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।गौतमले १५हजार १२९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५ सय ५५ र राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गरिन्।काठमाण्डौं ८ बाट श्रेष्ठले १० हजार १०५ मत पाएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी सुमन सायमीले ५ हजार ८८९ मत पाएका छन् । गठबन्धनका उम्मेदवार बहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ भने ४ हजार ८७७ मत पाएर तेस्रो भएका छन् ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ