मुख्य निर्वाचन अधिकृतकाे स्वास्थ्य समस्याले कैलालीको मतगणनामा ढिलाइ


मुख्य निर्वाचन अधिकृतलाई स्वास्थ्य समस्या भएपछि कैलालीको मतगणनामा ढिलाइ

धनगढी  – कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणनामा ढिलाइ हुने भएको छ ।

कैलाली क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक चलिरहेका बेला दलहरूबीच विवाद भएपछि मुख्य निर्वाचन अधिकृत अर्यालको स्वास्थ्यमा समस्या भएको हो ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी भए पनि मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याले ढिलाइ भएको बताए । उनका अनुसार चिकित्सकको सल्लाहमा अहिले अर्याल आराम गरिररहेका छन् ।

कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ