निर्वाचनले लोकतन्त्रको अभ्यास र प्रक्रियालाई समृद्ध पार्छ : घनश्याम भूसाल


काठमाडौँ — पूर्वमन्त्री एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भूसालले मतदान गरेका छन् । उनले तिलोत्तमा वडा नं ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताए ।

नेता भूसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताए । उनले निर्वाचनले लोकतन्त्रको अभ्यास र पक्रियालाई समृद्ध पार्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ