कैलालीका ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशीलमा


कैलाली। कैलालीका ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशीलमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीका सो मतदान केन्द्र अतिसंवेदनशीलमा रहेका हुन् ।आईतबार तथा मंसिर ४ गते हुने प््देश तथा प्रतिनिधी सभाको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको जानकारी दिएका छन्। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याएको बताए। उनले जिल्लामा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ