मसिर १ गते मध्यरातदेखि चुनाव प्रचार गर्न नपाइने


काठमाडौँ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार (१ मंसिर) मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाइने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिनभन्दा ७२ घन्टा अघिबाट चुनावी प्रचार गर्न नपाउने निर्णय यसअघि नै गरिसकेको छ। आयोगले गत कात्तिक १७ गतेदेखि चुनावी प्रचार प्रसार गर्नका लागि समय दिएको थियो।

यस अवधिमा राजनीतिक दल तथा स्वतन्त्र उम्म्ेदवारहरुले जुलुस, आमसभा, कोणसभा गर्न पाउने व्यवस्था आयोगले गरेको थियो। निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताए।निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ