बझाङमा भुकम्पकाे डरले अधिकांस घर बाहिर आगो तापेर बस्दै


धनगढी: बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५ .४ रेक्टर स्केलको भुकम्प गएको छ ।
शनिबार राती ८ बजेर १२ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनएकाे छ ।

केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज आसपास भुकम्पका पराकम्पनहरु समेत गई रहेका छन ।
बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भुकम्प सदूरपश्चिम प्रदेशमा बिगत ४० बर्ष यताको सबै भन्दा ठूलो थियाे । त्यसकाे केन्द्र बिन्दु समेत खप्तडमा रहेको थियो । सो केन्द्र बिन्दु नजिकै रहेको पाटादेबलमा केन्द्र बिन्दु बनाएर शनिवार राति आएको भुकम्पले खप्तड छान्ना गाउँपालिका – ४ बस्ने ईश्बर प्रसाद जोशीको घर भत्केको छ ।

गाउँपालिका भित्रका अधिकांस घरहरु चर्केर बस्न योग्य समेत नभएका स्थानीय ईश्बर प्रसाद बताए । उनका अनुसार आफ्नो दुबै घर भत्केको र अन्य गाउँका कसको कती क्षती भयो भन्ने जानकारी भईसकेकाे छैन । घर भत्के पनि मानविय क्षति नभएकाे जाेशीले बताए ।

भुकम्पका कारण यहाँको स्थानिय त्रसित बनेका छन । अहिले स्थानिय फेरि भुकम्प आउन सक्ने डरले घर भन्दा बाहिर आगाे वालेर बसिरहेका छन । बझाङका प्रमख जिल्ला अधिकारी बाबुराम अर्यालले कुनै मानबिय क्षती नभएको बताउँदै पाटादेबल प्रहरी चौकी , खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको नेपाली सेनालाई परिचालन गरिएकाे बताए । गाउँपालिका भरि झण्डै एक सय भन्दा बढी घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ