यो गठबन्धन दशकाै सम्म रहन्छ : प्रधानमन्त्री देउवा


चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धनले २-३ वटा  चुनावसम्म कायम रहने बताएका छन् ।

चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चितवनमा गठबन्धनलाई जिताए थप २-३ वटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दावी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई खेलौना ठानेको पनि देउवाले आरोप लगाए । ‘ओलीले संसदलाई खेलौना ठानेर २/२ पटकसम्म संसद विघटन गरे, हामीले संसदलाई फिर्ता ल्यायौं’ उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ