प्रतिनिधिसभा चुनावमा एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली


झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् ।

शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् । उनले एमालेको इज्जतका लागि भएपनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्नु पर्ने बताएका ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए ।

आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिएका उनले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गरे ।

अध्यक्ष ओलीले एमसीसी र एसपीपीको सन्दर्भ स्मरण गराउँदै सत्ता गठबन्धन दलका नेताहरू सत्ता बचाउनका लागि जेपनि बेचिदिन्छु भन्नेहरु भएको आरोप लगाए ।

त्यस्तै अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा चुनावमा एकल बहुमत ल्याउने दावी समेत गरे। उनले देशभरबाट १५० सिट जित्ने लक्ष्य पार्टीले राखेको बताए।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ