एमाले अध्यक्ष ओलीले कात्तिक ४ गते सर्वसाधारणसँग फोनमा कुरा गर्ने


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने बताएका छन् ।

चुनावी तयारीमा रहेका ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत आग्रह गर्दै कात्तिक ४ पछि आफू जनतासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने बताएका हुन्।

४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ ।

कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको ईनबक्समा पठाउनुपर्ने छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ