आगामी निर्वाचनमा सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने


धनगढी : आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधीसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताउनुभयो । उहाँले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम÷प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ