आत्महत्या गर्नेको सङख्या प्रहरीको तथ्याङक हेर्दा डरलाग्दो अवस्था


बझाङ : आत्महत्या गर्नेको सङख्या बढ्दो क्रममा रहेको छ । बझाङमा ३८ महिनामा १०३ जनाले आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । तीन बर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व रहेको बताएका छन् । दिवसकै अवसरमा सदरमुकाम चैनपुर बजारमा जनचेतनामुलक सन्देशसहित प्रभातफेरी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ