किन चल्यो प्रचण्ड-जनार्दनबीच मञ्चमै जुहारी ?


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई अघि बढाउनुमा आफ्नो मूख्य भूमिका रहेको बताएका छन् । बुधबार अखिल क्रान्तिकारीले आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले शर्माको रक्षा र विकास गर्न आफूले भूमिका खेलेको बताएका हुन् ।

सोही कार्यक्रममा बोल्दै शर्माले आफूले उपमहासचिव पद अस्वीकार गरेको बताउँदै प्रचण्डको आलोचना गरेका थिए । उनले अफ्ठ्यारो परेको बेलामा सधैं नेतृत्वको पक्षमा उभिएको बताएका थिए । ‘ म नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन।’, शर्माले प्रचण्डकै अगाडि भने ।

त्यसपछि प्रचण्डले शर्मालाई जवाफ फर्काउदै उनलाई हुर्काउनमा आफ्ना हात रहेको बताए । ‘जनार्दनले जाँदा जाँदै नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो, म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म त जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु। मेरो लागि धेरै चीज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहन्छु।’, उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ