अबको चुनावी तालमेलले राम्रो परिणाम दिन्छ : अध्यक्ष प्रचण्ड


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् ।अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे ।

शनिबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताएका हुन् ।

गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया सुरु गर्नु ठूलो सफलता भएको उनको भनाइ छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ ।

लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले स्थानीय पालिका, जिल्ला, प्रदेश र संघका उम्मेद्वारहरुको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए । प्रचण्डले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको बताए ।

डा.बाबुराम भट्टराई, वामदेव गौतम लगायतका नेताहरुले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न तयार हुनुले राम्रो संकेत गरेको प्रचण्डको भनाई थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ