कैलालीमा प्रहरीकै अगाडिबाट एक युवक हतकडी सहित फरार


कैलालीमा प्रहरीकै अगाडिबाट एक युवक हतकडी सहित फरार

कैलाली –  कैलालीमा प्रहरीकै अगाडिबाट एक युवक हतकडी सहित भागेका  छन् । जिल्लाको जोशीपुर गाउँपालिका–४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडी सहित भागेका हुन् ।

शंकर चौधरीलाई आजै प्रहरीले कुटपिटको आरोपमा पक्राउ गरेको थियो । उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय नदीमा हाम फालेर भागेको जनाएको छ ।

फरार भएका शंकरको खोजीका लागि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ