दार्चुलामा जीप दुर्घटना हुदा ५ जनाको मुत्यु


दार्चुलामा जीप दुर्घटना हुदा ५ जनाको मुत्यु

दार्चुला –  दार्चुलामा जीप दुर्घटना हुदा ५ जनाको मुत्यु भएको छ । गोकुलेश्वरबाट खलङ्खा तर्फ जादै गरेको जीप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको ज्यान गएकोे प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको बताइएको छ । अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।

उद्धारको कार्य चलिरहेकोले घटनाको क्षतिबारे एकिन विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  पाँच जना घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण प्राप्त हुने क्रममा रहेको छ  ।

May be an image of outdoors



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ