नेकपा एसले तोक्यो उम्मेदवारको मापदण्ड, यी ७ शर्त पुरा गरेको हुनुपर्ने


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले संघीय निर्वाचन अन्तर्गत पार्टीबाट उम्मेदवार हुन मापदण्ड तय गरेको छ । बुधबार बसेको नेकपा एसको केन्द्रीय सचिवालय बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नको लागि सात वटा मापदण्ड तय गरेको हो ।

पार्टीले तय गरेको सात वटा मापदण्डभित्र पर्नेमात्रै पार्टीको उम्मेदवार बन्न सक्नेछ । नेकपा एसले संघीय चुनावमा उम्मेदवार बन्नको लागि पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, जनतामा स्थापित र लोकप्रीय रहेको लगायतका मापदण्ड तय गरेको छ ।

त्यसैगरी आजको बैठकले सातवटा मापदण्डभित्र रहेर जिल्ला र प्रदेश निर्वाचन कमिटीलाई उम्मेदवार पठाउन निर्देशनसमेत दिएको छ ।

यी हुन् नेकपा एसले तय गरेका ७ मापदण्ड

१. पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको,
२. पार्टीको कार्यदिशा,नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको,
३. स्वच्छ छवि र सुशासनको पक्षपाती,
४. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको,
५. आर्थिक र नैतिक आचरण राम्रो भएको,
६. कार्यक्षमता र सक्रियता राम्रो भएको,
७. जनतामा स्थापित र लोकप्रीय रहेको,



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ