निर्वाचन कार्यलयमा ८४ दल दर्ता


निर्वाचनका लागि ८४ दल दर्ता

काठमाडु – आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।

सरकारले निर्वाचन आयोगको परामर्शमा गएको  साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन साउन ३१ सम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अन्तिम दिन मंगलबार साँझसम्म ८४ वटा दल दर्ता भएका हुन्। मंगलबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु दर्ता भएका छन्।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बर समेतको सूचीसहितको विवरण तयार गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार २०७४ को भन्दा १७ वटा धेरै दल आयोगमा दर्ता भएका छन्। २०७४ सालमा ६७ वटा दल आयोगमा दर्ता भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ