अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदभार ग्रहण


काठमाण्डु – अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको राजस्व सचिवको पदमा रहेका उनलाई मन्त्रिपरिषदले अर्थ सचिवमा नियुक्त गरेको थियो ।

यसअघिका अर्थसचिव मधुकुमार मरासिनी अर्थमन्त्रालयमा उपस्थित नभएपछि नयाँ अर्थ सचिवमा पुष्कर आएका हुन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । त्यसपछि सरकारले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ