पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

काठमाडु – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने थप ८ सय १५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४  सय  ११ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै आज कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७६ जना संक्रमणमुक्त भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ