नागरिकता विधेयक प्रमाणित गर्ने कि नगर्ने राष्ट्रपति नैं अन्योल


नगरीकता विधेयक प्रमाणित गर्ने राष्ट्रपति नैं अन्योल

काठमाडौं- नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति विद्या भण्डारी नै अनिर्णीत बनेकी छन् । संसदका दुबै सदनले पारित गरेपछि गत आइतबार नै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए । त्यसको अर्को दिन सोमाबार नै संसद सचिवालयले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको हो । ४ दिन बितिसक्दा पनि उनले प्रमाणिकरण नगरेर रोकेर राखेकी छन् ।

नागरिकता विधेयक सरकारमा हुँदा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेश अनुरुप नै बनाएको भए पनि एमालेले विरोध जनाएको थियो । त्यसैक्रममा विधेयकप्रति राष्ट्रपतिको पनि असन्तुष्टि सार्वजनिक भएको थियो । संसदले पारित गरेर पठाएको विधेयकसमेत पुनर्विचारका लागि सरकारलाई पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छ । तर, त्यो अधिकार नकुरी असन्तुष्टि सार्वजनिक भएपछि राष्ट्रपतिले विधेयक प्रमाणित नगर्ने धेरैको अनुमान थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति भण्डारी प्रमाणित गर्ने कि पुनर्विचारका लागि पठाउने भन्ने निर्णयमा पनि पुगिसकेकी छैनन् । अहिलेसम्म प्रमाणिकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउने भन्ने कुनै निर्णय भएको छैन । ती सदस्यका अनुसार विधेयकका विषयमा व्यापक विरोध भएकाले राष्ट्रपतिलाई निर्णय गर्न केही समय लिनुपरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ