एमालेमा १० भाइ दास भएर बसेका छन्, हामीलाई धारेहात लगाउँछन् : माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० स्थायी कमिटी सदस्यलाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गरेका हुन् ।त्यस्तै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न समेत आग्रह गरे ।

“कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,” अध्यक्ष नेपालले भने, “उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।”

उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको स्मरण गरे । त्यसैले विद्रोह गरेको उनले स्पष्ट पारे । “होइन भने दास भएर बस्नु पर्नेथियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ