गण्डकीका मन्त्री मनाङेले कुटे कर्मचारी


पोखरा – गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ ।

यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्वीच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन । ‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भने, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’ मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ