डीआईजी धानुक,पन्त र सिंहलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


काठमाडाैं – सरकारले नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी बसन्त पन्त, रविन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो ।

उक्त सिफारिसप्रति नेपाल प्रहरीभित्र असन्तुष्टि छाएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा समेत त्यसमा असन्तुष्ट छन् । वरियतामा अघि रहेका कार्कीसहित बसन्त लामा र उत्तम सुवेदीलाई छोडेर पन्त, धानुक र सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।लोकसेवाले गृह मन्त्रालयले नै गरेको सिफारिसलाई बुधबार सदर गरेपछी सरकारलाई बढुवाका लागि बाटो खुलेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ