मोबाइल पसल चलाएर राजनीतिमा आएका उगोकेले हराए पन्जाबका बहालवाला मुख्यमन्त्री चन्नी


काठमाडौं  l  आम आदमी पार्टीले भारतीय प्रान्त पन्जाबको विधान सभामा भारी बहुमत पाएपछि अहिले राजनीतिक वृत्तमा यसको चर्चा चलिरहेको छ। दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टीले पन्जाबमा पनि दुई तिहाइ बढी मत मात्र पाएको छैन, आम आदमी मान्छेहरू लाई विधान सभा सदस्य बनाएको छ। आम आदमी पार्टीबाट चुनाव जितेका ९२ मध्ये एक हुन्, लाभ सिंह उगोके। इकोनोमिक्स टाइम्स इन्डियाका अनुसार उगोकेले आफ्नो निर्वाचन क्षेत्रमा पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नीलाई हराएका छन्। उनले चन्नीभन्दा ३७ हजार ५५८ मत बढी मत ल्याएका थिए।

चन्नीले अर्को निर्वाचन क्षेत्रमा पनि पराजय भोगेका छन्।उगोक मोबाइल मर्मत पसल चलाउँथे। ३५ वर्षका उनी निकै सरल र निम्न आर्थिक अवस्थाको परिवारबाट आएका हुन्। उगोकेको बुबा चालक हुन् भने उनकी आमा सरकारी विद्यालयमा सफाइको काम गर्थिन्। उनी आम आदमी पार्टीमा सन् २०१३ मा स्वयंसेवकका रूपमा प्रवेश गरेका थिए। उगोकेले १२ पास गरेका छन्। तर उनी आफ्नो जित हुनेमा पहिलो दिनदेखि नै विश्वस्त थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ