कानुनको अभाव झेल्दै कर्णालीको उर्जा मन्त्रालय


सुर्खेत – कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ऐन, नियमको अभावमा काम गर्न समस्या भएको जनाएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि, ऐनहरु निर्माण नभएपछि काम गर्न समस्या भएको मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।जस कारण अहिले खानेपानी, सिँचाई, विद्युत विकास ऐन बनाउका लागि काम सुरु भएको उनको भनाइ छ ।

आवश्यक ऐन , नियमको अभावमा समस्या आएपछि त्यसलाइ निराकरण गर्न तत्काल ऐन नियम बनाउन लागिएको जानकारी दिएका उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको महिना दिन नबित्दै आफ्नो सक्रियता बढाएका हुन् ।मन्त्री सिंहका अनुसार ४२ करोडको आयोजनाहरू सम्झौता हुन बाँकी रहेको र एक हजार १३७ आयोजनामध्ये ४५० मात्र सम्झौता भएर काम सुरु गरिएको छ ।३२ करोडको योजना मात्र सम्झौता भएको र उज्यालो कार्यक्रमको बजेट समेत तत्काल कार्यान्वनमा ल्याइने मन्त्री सिंहले कर्णाली प्रदेशसभामा बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ