मधेश सरकारमा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिए


काठमाण्डु – मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका छन् ।मुख्यमन्त्री लालबाबु राउतले एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा नवनियुक्त राज्यमन्त्री यादवले आजै बिहान पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।एकीकृत समाजवादीबाटै यसअघि शत्रुधन महतो र प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् । राज्यमन्त्री बनेका यादव रौतहटका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ