आयरल्यान्ड ‘ए’विरुद्ध ३ रनले जित्यो नेपाल ‘ए’


काठमाण्डु – टी–२० सिरिजमा आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले ३ रनले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई ३ रनले हराएको छ ।

टी–२० सिरिज यसअघि नै आयरल्यान्डले जितेको थियो । यससँगै आयरल्यान्डले २–१ सिरिज जितेको छ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

जीतका लागि २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६८ रन बनाए ।

मोर्गन टोपिङले अविजित ६०, ओपनर रस आडैरले ३१ र फिन ह्यान्डले २२ रन बनाए । बलिङमा नेपालका विपिन खत्रीले ३ विकेट लिए । नारायण जोशी, कमल ऐरी र राशिद खानले १/१ विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रन बनाए । रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सरार्फले १३ र कप्तान विनोद भण्डारीले ११ रन जोडे ।

बलिङमा आयरल्यान्डका लागि फिओन ह्यान्डले २ विकेट लिए । म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले १/१ विकेट लिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ